एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्ने
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शनिबार (भोलि) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बिहान ११ बजेदेखि स्थायी कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
उनकाअनुसार समसामयिक राजनीतिक परिस्थिति, पार्टीको १० औं महाधिवेशनबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। एकीकृत समाजवादीले असारको १० गतेदेखि १६ गतेसम्म १० औं महाधिवेशन आयोजना गर्दैछ।
यसअघि जेठको ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरे पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। महाधिवेशनको दस्तावेजहरूमा छलफल गर्न स्थायी कमिटी बस्न लागेको खतिवडाले बताएका छन्।