प्रतिनिधिसभा र राष्ट्रियसभामा कांग्रेसको अवरोध, संसदीय छानबिन समिति नबनाए सम्म अबरोध जारी राख्ने
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गर्नुभएको हो । सभामुख घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गर्नुभएको छ ।
सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु रोष्टक घेर्न दौडिएका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्रीले आफ्नो धारणा राख्न समय मागेको बताउँदै बोल्न दिनका लागि आग्रह गरेका थिए । गृहमन्त्री लामिछाने बोल्नका लागि रोष्टम तर्फ लाग्दा कांग्रेस सांसदले बाटो छेकेर अवरोध गरेका छन् ।
काग्रेसले गृहमन्त्री रवी लामीछानेले सहकारी मार्फत रकम अपचलन गरेको भन्दै संसदीय छानविन गर्न माग गर्दै आएका छन । वजेट अधिवेशन सुुरु हुदा काग्रेसले समेत आफनो मागमा अडिग रहेको जनाएको छ । शुक्रवार विहान बसेको काग्रेस संसदीय दलको बैठकले देशका लाखौ नागरिकका रकम सहकारी मार्फत ठगिएको र त्यसमा गृहमन्त्री लामिछानेको सग्लनता ठाउठाउमा देखिएको भन्दै छानबिन समितिलाई आफनो वटम लाईन बनाउने निर्णय गरेको थियो ।
कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरुले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको थियो ।
दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिनुभयो । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट गर्नुभयो । विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।