खसीलाई खुवाउन रूखको हाँगा काट्नेलाई महानगरको पाँच हजार जरिवाना
ललितपुर महानगरपालिकाले सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई जरिवाना गरेको छ । ललितपुर-२५ भैसेपाटी बस्ने लालबहादुर लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
लामाले सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएको पाइएको छ । अबदेखि त्यस्तो कार्य नगर्न भनी हस्ताक्षर गरेर लामालाई जरिवाना गरिएको हाछेथुले बताए ।