सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने
सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो । यस्तै बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।