मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन – Nepalboli

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन

   २०८१ बैशाख २६, बुधबार  

मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढुङ्गानाले चालु आव २०८०/८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसामान निर्यात भएको जानकारी दिनुभयो ।

उहाँले अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले श्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुस समेत) लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्कर लगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै