२४ घण्टामा बाराको कलैयामा सबैभन्दा बढी वर्षा – Nepalboli

२४ घण्टामा बाराको कलैयामा सबैभन्दा बढी वर्षा

   २०८१ बैशाख २५, मंगलवार  

पछिल्लो २४ घण्टामा बाराको कलैयामा सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार कलैयामा ६६७.८ मिलिमिटर वर्षा भएको छ।

अहिले बागमती र मधेस प्रदेशका पश्चिमी भूभागमा पानी परिरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। अहिले बागमती र मधेस प्रदेशका पश्चिमी भू–भागमा पानी परिरहेको छ।’’

आगामी तीन दिन नै देशको मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

काठमाडौँमा मात्र १.१ मिलिमिटर वर्षा
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १.१ मिलिमिटर मात्र वर्षा भएको छ। मौसमविद् प्रधानाङ्गका अनुसार काठमाडौँमा हावाहुरी चले पनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन। उपत्यका राति र बुधबार पनि हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। प्रि मनसुन सुरु भएकाले साँझपख मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै