मालपोतका कार्यालय तौलिहवाका नासु ३० हजार घुससहित अख्तियारको नियन्त्रणमा – Nepalboli

मालपोतका कार्यालय तौलिहवाका नासु ३० हजार घुससहित अख्तियारको नियन्त्रणमा

   २०८१ बैशाख २४, सोमबार  

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै