लिङदेनको आरोप-प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँड्छन – Nepalboli

लिङदेनको आरोप-प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँड्छन

   २०८१ बैशाख २३, आईतवार  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।पार्टी निकट महिला सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रचण्डको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर गरे ।

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरूबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै