जसपा नेपाल विभाजन- अशोक राईको नेतृत्वमा नयां जसपा गठन – Nepalboli

जसपा नेपाल विभाजन- अशोक राईको नेतृत्वमा नयां जसपा गठन

   २०८१ बैशाख २३, आईतवार  

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। सो पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। राईको नेतृत्वमा पार्टीलाई आधिकारिता दिन निर्वाचन आयोगमा निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

जसपा नेपालका उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव यतिबेला अमेरिकामा छन्। जसपाका १२ मध्ये सात सांसदले निवेदन दिएका हुन्। निवेदन दिनेहरूमा अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुर छन्।

त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका ३० जना सदस्यले निवेदन दिएका छन्। नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी मात्रै राखिएको एक नेताले बताए। यादव नेतृत्वको पार्टीको पूरा नाम जनता समाजवादी पार्टी नेपाल छ।

विभाजनपछि अलग केन्द्रीय कमिटीको बैठक समेत बसेको छ । आइतबार अशोक राईको नेतृत्वमा पक्षले जसपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि नयाँ कार्यालय समाखुशीमा बैठक बसेको हो ।

नयाँ दलको संरचना अनुसार संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ । सो परिषद् नीति निर्माणको अङ्ग भएको श्रेष्ठले बताए । पार्टीको सहअध्यक्षमा रेणुकुमारी यादव छिन् । चारजना उपाध्यक्ष छन् । जसमा जनध्वज कङ्दङ्वा, नवलकिशोर साह, परशुराम बस्नेत र सुशीला श्रेष्ठ छन् ।

पार्टीको महासचिवमा मोहम्मद इश्तियाक राई छन् । प्रदीप यादव उपमहासचिव छन् । दीपक कार्की र रन्जु ठाकुर सचिव छन् । डा वीरेन्द्र महतो कोषाध्यक्ष छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै