अमेरिकामा बेरोजगारी दर बढ्दै, अप्रिलमा ३.९ प्रतिशत पुग्यो
अमेरिकामा बेरोजगारी दर बढ्दै गएको छ । अप्रिलमा बेरोजगारी दर ३ दशमलव ९ प्रतिशत पुगेको अमेरिकी श्रम विभागले जनाएको हो । त्यस्तै, अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपिएका छन् । विभागको श्रम तथ्याङ्क ब्युरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ ।
कुल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ । फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ ।
जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो । ब्युरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।