देउवाको आग्रह- चुनौती सामना गर्न पार्टी पंक्ति एकताबद्ध बनौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै देउवाले हाल पार्टीका निम्ति धेरै चुनौतीहरू देखा परेको बताए । पार्टीमा देखिएको चुनौतीको सामना गर्न पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका हुन्।
उनले भने,’अहिले कांग्रेसको अगाडि धेरै चुनौतीहरू छन्, त्यसको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। त्या चुनौतीका सामना गर्दै अगाडि बढ्छ भन्ने विश्वास छ।’
कांग्रेस सभापति देउवाले अहिले देशका युवा पङ्क्तिमा खेलप्रति आकर्षण बढ्दै गएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।