बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश सभाको सर्वदलीय बैठक आज (शुक्रबार) बस्दै छ । ससंसदीय समितिका सभापति टुंगो लगाउने, बजेट अधिवेशन आह्वानसम्बन्धी छलफल गरी संसद् गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता तथा सचेतकसहितलाई बोलाइएको छ । सभामुख भुवनकुमार पाठकले आह्वानमा बैठक बस्नल लागेको हो ।
गत चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिएपछि वैशाख १२ गते प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको थियो ।