लेखा परीक्षणमा सहकार्य गर्न नेपाल–भारतबिच समझदारी
नेपालका महालेखा परीक्षक तोयम राया र नेपालमा भ्रमणमा रहनुभएका भारतीय नियन्त्रक तथा महालेखा परीक्षक गिरीशचन्द्र मुर्मूबिच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटघाटका क्रममा सार्वजनिक क्षेत्रको लेखा परीक्षणको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीपत्रले क्षमता अभिवृद्धि प्रयासलाई बढावा दिनुका साथै सार्वजनिक क्षेत्रको लेखा परीक्षणको क्षेत्रका कार्यप्रणालीमा सुधारमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।
नेपालको लेखा परीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै भारतका महालेखा परीक्षक मुर्मूले आगामी दिनमा दुई देशका लेखा परीक्षकहरूले एकअर्काको अनुभव र सिप सिक्ने गरी सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।