उपनिर्वाचन वारेमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति, सचिवालय र संसदीय दल बैठक – Nepalboli

उपनिर्वाचन वारेमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति, सचिवालय र संसदीय दल बैठक

   २०८१ बैशाख १९, बुधबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा मुकुल ढकालले जानकारी दिए। उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो।

‘कार्यसूची तय गर्न बाँकी छ। समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षाका लागि बैठक बस्न लागेको हो,’ उनले भने। यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ। रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै