काठमाडौं महानगरले सीपमूलक तालिम दिँदै
काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा (सीप मेला) आयोजना गर्ने भएको छ। महानगरले २ हजार ८१ जनालाई एक महिने निशुल्क तालिम दिन लागेको हो। शिक्षालाई सीपसँगु, सीपलाई श्रमसँगु र श्रमलाई उत्पादनसँगु जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।
रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सीप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर सीप मेला कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ।
विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुन महानगरले आह्वान गरेको छ। ‘विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। यसबाट उहाँहरू औपचारिक अर्थतन्त्रमा प्रवेश गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धिु कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम रहेको महानगरले जनाएको छ। साइबर सेक्युरिटी मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ। सीप मेलामा तालिमका लागि १० बटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरको योजना छ।
सुरू गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्। दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ। हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, वार टेन्डिङ र वेटररबेट्रेस प्रशिक्षण हुनेछ।
तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ। रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।