इलाममा एमाले ६ हजार ४३९ मतले अगाडि – Nepalboli

इलाममा एमाले ६ हजार ४३९ मतले अगाडि

   २०८१ बैशाख १७, सोमबार  

प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १९ हजार ११४ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार २४२ मत ल्याउनुभएको छ। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै