राष्ट्रिय मुक्ति क्रान्तिद्धारा माइतिघर मण्डलामा सांस्कृतिक प्रतिरोध कार्यक्रम
गएको २४ चैतमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानले काठमाडौमा गरेको प्रर्दशनको क्रममा प्रहरीले नेवार तथा लिम्बु संस्कृतका वाजागाजाहरु फुटाएको र कब्जामा लिएको घटना विरुद्ध आज माईतीघर मण्डलामा सांस्कृतिक प्रतिरोध कार्यक्रम गरिएको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिअन्र्तगत रहेको स्वनिग विशेष व्यूरो र नेवाः राष्ट्रिय परिषदको आयोजनामा गएको चैत्र २४ गते भएको शान्तिपूर्ण प्रदर्शनीमा बौद्ध धर्म गुरु माथि भएको प्रहार तथा विभिन्न सांस्कृतिक वाजाहरु जस्तै, धामीको ढ्याङ्ग्रो फुटाएको, थाक्थुम (लिम्बु) राष्ट्रको १२ थान च्याब्रुङ कब्जा गरिएको तथा नेवाः राष्ट्रको धिमे बाजा फुटाएको थियो । अभियान यसलाई आफुहरुको संस्कृति माथी प्रहार भएको भन्दै सरकारसंग माफी माग्न माग गरेका थिए ।
तर सरकारले माफि माग्ने काम नगरेको भन्दै पिडत लामा, धामी तथा संस्कृतिकर्मिहरु सहित आज माइतिघर मण्डलामा सांस्कृतिक प्रतिरोध कार्यक्रम गरिएको छ ।

