इलाम र बझाङमा एमालेको अग्ररता
इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पनि पार्दै अघि लागेका हुन्। इलाम २ मा नेपाली कांग्रेसका खड्का र एमालेका सुहाङबीच कडा प्रतिस्पर्धा भइरहेको छ। सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत ल्याएर दोस्रो स्थानमा झरेका छन्।
यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत ल्याएका छन् भने रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत ल्याउँदै चौथो स्थानमा कायम छन्। यस्तै बझाङ क्षेत्र नं १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २०८७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उहाँको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले १३७४ मत ल्याउनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९२ मत ल्याउनुभएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले ८४१ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार भण्डारीे प्रतिस्पर्धीभन्दा ७१३ मतले अघि रहनुभएको छ ।