१ करोड १० लाख ठगेको आरोपमा एक जना पक्राउ
१ करोड १० लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेनकुमार श्रेष्ठ छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप श्रेष्ठलाई लागेको छ।