आगामी निर्वाचनमा पूर्ण बहुमत आउने गरी अभियान थाल्न देउवाको निर्देशन – Nepalboli

आगामी निर्वाचनमा पूर्ण बहुमत आउने गरी अभियान थाल्न देउवाको निर्देशन

   २०८१ बैशाख १४, शुक्रबार  

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिनुभएको छ। शुक्रबार काठमाडौंमा भएको पूर्व कर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

उहाँले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीलाई हुने पनि बताउनुभयो। उहाँले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताउनुभयो।

सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै