क्रान्ति अभियानको दबाब पछि बागमती प्रदेश सरकारद्धारा तामाङ र नेवारी भाषा साईन बोर्ड राख्ने निर्णय – Nepalboli

क्रान्ति अभियानको दबाब पछि बागमती प्रदेश सरकारद्धारा तामाङ र नेवारी भाषा साईन बोर्ड राख्ने निर्णय

   २०८१ बैशाख १३, बिहीबार  

बागमती प्रदेशमा अब तीन भाषाको साइनबोर्ड रह्ने

राष्टय मुुक्ति क्रान्ति अभियानले पछिल्लो समयमा दबाकमा वढाए पछि बागमती प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी कार्यालयहरूको साइनबोर्ड अव नेपाली सगै तामाङ र नेवारी भाषामा राख्ने निर्णय गरेको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अव प्रदेश भित्रका सबै सरकारी कार्यलयहरुको साईन बोर्ड तीन ओटा भाषामा राख्ने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा ऐन आगामी २४ गतेबाट कार्यान्वयनमा आउने भएकोले सबै कार्यालयमा नेपाली, तामाङ र नेवारी भाषामा साइनबोर्ड राख्नुपर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए । उनका अनुसार भाषा विधेयक कार्यान्वयनमा आउने दिन अर्थात आउँदो २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिइने निर्णय समेत गरेको छ।

यो कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा सुभारम्भ गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

राष्टय मुुक्ति क्रान्ति अभियानले पहिचान सहितको नेवा प्रदेशको माग गर्दै हेटौडामा चैत २१ र काठमाडौमा २४ चैतमा विरोध प्रर्दशन नै गरेका थिए । विरोध प्रर्दशन पछि गएको ६ बैशाखमा अभियानले काठमाडौ प्रशासनलाई ज्ञापन पत्र दिदै नेवा क्षेत्र भित्रका सबै ठाउमा नेवारी भाषाको प्रयोग हुनु पर्ने माग अघि सारेका थिए ।
पछिल्लो समयमा पहिचान पक्षधरहरुको राष्टय मुुक्ति क्रान्ति अभियान वढन थाले पछि बागमती प्रदेश सरकारले बुधवारको निर्णय गरेको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै