सम्पूर्ण राजनीतिक शक्ति विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ -सभामुख – Nepalboli

सम्पूर्ण राजनीतिक शक्ति विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ -सभामुख

   २०८१ बैशाख ११, मंगलवार  

सभामुख देवराज घिमिरेले सम्पूर्ण राजनीतिक शक्तिहरु विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग रहे पनि लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।

उनले लोकतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै