राजेन्द्र महतोद्धारा लिखित ‘अधुरा क्रान्ति’ पुस्तक विमोचित
पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्तक लेखेर बुधवार सार्वजनिक गरेका छन । महताले आफनो तीन दशक लामो राजनितीक यात्राको विभिन्न आरोह अवरोहहरुलाइ समटेर ‘अधुरा क्रान्ति’ नामक पुस्तक बजार ल्याएका छन । पछिल्लो समयमा नेपालमा मधेशी सहित आदीवासी, जनजाती मिलेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान संचालन गरिरहेका महतोले पुस्तकमा अहिले सम्मको विभिन्न आन्दोलनहरुमा वारेमा समेत पुस्तकमा चर्चामा गरेका छन ।
बुधवार काठमाडौँमा आयोजित विमोचा कार्यक्रममा महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप पनि लगाए । उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए ।
उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको बताए । उनले १०४ वर्षे जहानियाँ शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए ।
नेपाल बन्नुभन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो । तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि, उनले भने ।’
राजनीतिक विश्लेषक सिके लालले भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले जुन दिन मधेस यसबाट मुक्त हुन्छ त्यहीँबाट मधेसको मुक्ति हुने बताएका हुन् ।
उनले भारतले मधेसका लागि केही गर्दिन्छ भनी मधेसका नेताहरूले जनतालाई आशामा राखेको बताए । उनले यो भाव राजेन्द्र महतोको पुस्तक ‘अधुरा क्रान्ति’ पुस्तकमा पनि उल्लेख रहेको बताए ।
उनले भने, ‘भारतले गर्दिन्छ भने भावबाट जुन दिन मुक्ति हुन्छ त्यो दिन मधेस मुक्तिको प्रस्थान बिन्दु हुन्छ ।’ किताबमा महतोले मधेसीलाई भारतीय भनेर सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यसमा दुःख मान्नुपर्ने अवस्था नरहेको बताए । उनले नेपाल–भारत बिचमा विशेष सम्बन्ध रहेको बताए ।
यस्तै पत्रकार कणकमणी दीक्षितले मधेसवादी दलका नेताहरू नाकामा बसेकाले नाकाबन्दी नभएको टिप्पणी गरे । उनले नाकाबन्दी भारतले गरेको बताए । उनले भने, ‘नाकाबन्दी अधिकारका लागि भएको थियो । तर त्यो नाकाबन्दी भारतले गराएको थियो, त्यो कुरा पनि सत्य हो ।’
उनले मधेसमाथि अपहेलना भयो भने देश सफल नहुने तर्क गर्दै आधुनिक राजनीतिक बुझ्नका लागि महतोद्वारा लेखिएको अधुरा क्रान्ति पुस्तक पढ्नुपर्ने धारणा राखे ।
मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले नेपालमा अझै वैचारिक, सैद्धान्तिक क्रान्ति बाँकी रहेको बताइन् । उनले नेपालमा नागरिकताको समस्या अझै समाधान नभएको दाबी गरिन् । मधेसमा सामाजिक न्यायको कुरा उठेपनि मधेसी महिलाको बारेमा भने नउठेको उनले बताइन् ।