सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्दै – Nepalboli

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्दै

   २०८१ बैशाख ५, बुधबार  

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् ।  नेकपा एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि रुष्ट बनेको एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो ।

नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिमको सरकार गठन अठ्यारोमा त पर्‍यो नै, केन्द्रको सत्ता गठबन्धनमा समेत संकट आउनसक्ने जोखिम बढ्यो ।

तर मंगलबार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने गरी नयाँ सहमति जुटेको छ । प्रदेश प्रमुख नजिर मियाँले दुई दिनको समय दिने निर्णय गरेका छन् । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीका अनुसार बुधबार प्रमुख प्रमुख कहाँ दाबी पेश गर्न जाने तयारी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै