रेशमको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो – Nepalboli

रेशमको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

   २०८० चैत्र २७, मंगलवार  

टीकापुर हत्याकाण्डको मिसिल झिकाउन आदेश

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा आफूलाई निर्वाचन आयोगले मान्यता नदिएको मुद्दामा सर्वोच्च अदाललते दुवै पक्षलाई झिकाएको आदेश दिएको छ ।न्यायाधीश महेश शर्मा पौडेलको एकल इजालसले मुद्दाको सुनुवाई गर्दै अन्तरिम आदेश दिने नदिने निर्णय लिन दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।

‘निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिँदा चैत ३० गते अन्तरिम आदेश छलफल हुने मिति तोकी विपक्षीलाई त्यसको जानकारी दिनू’, आदेशमा भनिएको छ।

गत पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भएका थिए । उनले त्यसपछि महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अद्यावधिक गराउन माघ २९ मा आयोगमा पत्र पठाएका थिए।

तर, आयोगले रेशमलाई अध्यक्षको मान्यता दिएको थिएन । साथै, चौधरीका विषयमा टीकापुर हत्याकाण्डबारे ०८० जेठ २ गते भएको घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाको मिसिल अभिलेखबाट झिकी पेस गर्न पनि अदालतले आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै