राजेन्द्र महतोको नेतृत्वमा काठमाडौमा भएको प्रर्दशनमा प्रहरीद्धारा व्यापक लाठीचार्ज र धरपकड – Nepalboli

राजेन्द्र महतोको नेतृत्वमा काठमाडौमा भएको प्रर्दशनमा प्रहरीद्धारा व्यापक लाठीचार्ज र धरपकड

   २०८० चैत्र २४, शनिबार  

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो ।

झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

महतो नेतृत्वको अभियानले नेवा लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपा मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः९खुल्ला मञ्चजाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।
त्यही क्रममा आज भएको भडपमा प्रदर्शनमा २७ जना घाइते भएका छन् भने एक दर्जन जती पकाउ परेका छन ।

धाईतेहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । २७ जना घाइते र एक दर्जन जती गिरफ्तार भएको अभियानले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पक्राउ परेकाहरुलाई तत्तकाल रिहाईको माग समेत गरेको छ । प्रहरीले केहि प्रहरीहरु पनि धाईते भएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै