नेपालमा पुन लिपुलेकसंग उत्तरी छिमेकी चीन र भारतको सहमती वारेमा चर्चा चुलिएको छ । यद्यपी यो नेपालको लागी कुनै नयां विषय होईन । विगतमा पनि यो मुद्धा नेपालमा पटक पटक उठीसकेको छ । यसका लागी नेपालले चीन र भारत दुवै संग औपचारिक कुरा गर्नु पथ्र्यो । तर सार्वजनिक सुचनामा आए जानकारी अनुसार नेपालले अहिले सम्म त्यो गरेका छैन ।
तर रोचक के छ भने नेपालका राजनितीक नेतृत्वको भारत संग जतीजती वेला खटपट वा असन्तुटि देखिन्छ । त्यती त्यती वेला यो नेपालका संचारमाध्यम देखि नेताहरुको सार्वजनिक खपतको विषय बन्न पुुग्छ । यसले देशलाई के कस्तो फाईदा अहिले सम्म भएको त्यो थाहा भएन तर नेताहरु चाही आफनो कुम्ब देखाईरह्नछ ।
लिपुुलेकको सन्दर्भमा हाम्रो उत्तर र दक्षिणका छिमेकीहरु बर्षै होईन दशकौ देखि त्यसलाई प्रयोग गर्दै आएका छन । भारत र चीन विच त्यस मार्ग वारेमा लिखित दस्तावेज पनि अहिले बनेको छैन ।
हाम्रो राजनितीक परिदृश्य यस्तो सम्म छ की प्रधानमन्त्री केपी ओली हालै चीन भ्रमण गरेका छन । जाहा उनी के के सहमती र सम्झौताहरु गरेका छन । तर त्याहा हाम्रो लिपुुलेकको वारेमा कुनै कुनै कुरा भएको उल्लेख छैन । वरु चीनको आन्तरिक राजनितीमा चीनिया कम्युनिष्ट पार्टीले लिएको लाईन माथी नेपालले समर्थन गर्ने उल्लेख छ । चीनको सार्वभौमलाई सम्मान गर्न नेपाल सार्वजनिक रुपमा तयार भएको छ । तर नेपाली प्रधानमन्त्रीले आफनै देशको भनिएको लिपुलेक वारेमा केहि कुरा गरेको कत्तै उल्लेख छैन ।
रोचक तथ्य कस्तो छ भने एमाले अध्यक्ष केपी ओलीले यस अघि प्रधानमन्त्री हुदा नेपालको संसदले लिपुलेक सहितको नयां नक्सा जारी गरे । तर चीनलाई त्यसको औपचारिक जानकारी समेत नरहेको केहि अगडी खुलेको थियो । यद्यपी हाम्रो नया नक्सा, लिपुलेक र नेताहरुको राष्ट्रवादको साईनो गज्जव देखिन्छ ।
०७४ को निर्वाचन मार्फत शक्तिशाली संख्या सहित प्रधानमन्त्री बनेका केपी ओली आफनो भारतसंगका सम्बन्ध सुुमधुर बनाउन नसकेको पछि लिपुलेक सहितको नक्सा जारी गरे । नक्सा जारी गरेको केहि महिना मै उनी त्यसभारत खुपीया एजेन्सीका तात्कालिन प्रमुखलाई वालुवाटारमा स्वागत गरेर अघोषीत रुपमा झुके ।
त्यस पछि नेपालको पाठयक्रमहरु देखि पैसा सम्मा छाप्न लागीएको नयां नक्साको प्रयोग रोकियो । केहि समय पछि ओली प्रधानमन्त्रीवाट हटे र काग्रेस सभापति शेरबहादुर देउवा र त्यस पछि माओवादी अध्यक्ष पुुष्पकमल दहाल, प्रचण्ड पालैपालो प्रधानमन्त्री बनीसकेका छन । यी सबै नेताहरु प्रधानमन्त्री हुदा भारत चीन दुवै तिर भ्रमण गरेको देखिन्छ तर यस वारेमा कतै कुनै कुराकानी भएको तथ्य फेला पर्दैन । र घुमीफेरी ओली अहिले पुन प्रधानमन्त्री पदमा छन ।
तर यो विचमा कुनै नेताले कतै लिपुलेकलाई लिएर औपचारिक कुराकानी देखि त्यो मुद्धा वारेमा गम्भिर देखिएन । तर अहिले पुन अचानक यो मुद्धामा हाम्रो राष्ट्रवाद उछालिएका छन । जगजाहेर छ प्रधामन्त्री बने देखि नै केपी ओली आफनो भारत भ्रमणलाई लिएर चित देखाईमा छन । उनले हालै चीन भ्रमण गरेका छन । सार्वजनिक रुपमै चीन भ्रमणवाट फर्किए लगत्तै अव भारत जाने घोषणा गरेका ओलीले अहिले सम्म औपचारिक निम्त्तो नआएको बिफ्रिगं पार्टी सचिवालय बैठकमा अघिल्लो हप्ता मात्रै गरेका छन । तर यो विचमा लिपुपेकको मुद्धा पुन उछालिएका छन । जतीजती वेला यस्ता मुद्धा हाम्रो उछालिएका छन, जतीजती वेला नेताहरु विदेशी शक्तिहरु सामु झुकिएका दृष्टितान्त हाम्रो छ । त्यही भएर नेताहरु बिर्सन खोजेको लिपुलेक चाहेर पनि बिर्सन सकिरहेका छैन । जुन राष्ट्रवादको व्यापारका लागी काम लागीरहेको देखिन्छ ।
