Page 211 – Nepalboli

राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९-८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०-८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो ।

सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ ।

कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०र८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।

विशेष गरी खाद्य बाली अन्तर्गत धान सात दशमलव ४५ प्रतिशत तथा कोदो शुन्य दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन एक दशमलव ९८ प्रतिशत, चियाको उत्पादन शुन्य दशमलव शुन्य एक प्रतिशत, कफीको उत्पादन एक दशमलव २३ प्रतिशत तथा महको उत्पादन शुन्य दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन शुन्य दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन आठ दशमलव शुन्य तीन प्रतिशतले घटेको छ ।

आव २०८०र८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव तीन प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो ।

कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल एक दशमलव ५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन दुई दशमलव ३० प्रतिशत तथा माछा उत्पादन एक दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन छ दशमलव ४३ प्रतिशतले घटेको छ ।

यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव १० प्रतिशतले घटेर रु ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ । आव २०७९-८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो ।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव तीन प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम चार दशमलव चार प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव सात प्रतिशतले घटेको छ ।

सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९-८० मा १८ हजार चार सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ जना श्रमिक कार्यरत छन् जुन गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलव एक प्रतिशतले कम हो । सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव दुई प्रतिशत स्वदेशी र १६ दशमलव आठ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र नौ प्रतिशत छ ।

केन्द्रीय बैंकका अनुसार, २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा आठ दशमलव ११ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा छ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो । सो प्रदेशमा वाणिज्य बैंकका सात सय ५४, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ गरी जम्मा एक हजार आठ सय ३७ शाखा पुगेका छन् ।

त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा तीन दशमलव ८१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ७८ अर्ब पुगेको छ ।

 

विदेशी बजारमा कर्णालीको अदुवा

कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।

कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।”

उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ ।

सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ ।

उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।

 

 

 

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ । गत आर्थिक वर्ष २०८०-८१ कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चार सय २९ लिटर दूध उत्पादत भएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ । कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ । साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर रू १० उपलब्ध हुने गरेको छ ।

त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ । सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ । सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दूधबापतको रू उनान्चास लाख २९ हजार अनुदान उपलब्ध गराएको छ ।

यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार चार सय ८० रूपैयाँ प्रदान गरिएको छ । गत वर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो । रूकुम पश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार एक सय ८७ लिटर दूधबापत रू १५ लाख वितरण गरिएको छ ।

जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ । जाजरकोटमा गत वर्ष ८४ हजार ४ सय ६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार पाँच सय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत रू दश लाख ५३ हजार प्रदान गरिएको छ ।

कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एक सय चार जना किसानलाई सात लाख अनुदान पाएका छन् । हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ । मुगु र डोल्पामा अनुदान दिन रू सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनले बताए ।

जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले रू एक करोड २७ लाख बजेट व्यवस्थापन गरेको उनले बताए ।

कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०-८१ मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार दुई लाख १७ हजार पाँच सय ९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।

आर्थिक वर्ष २०८०-८१ को वार्षिक तथ्याङ्कअनुसार प्रदेशभर ६ लाख एक हजार पाँच सय १० गाई रहेकामा एक लाख १० हजार दुई सय २८ गाई दुहुना रहेका थिए । यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार दुई सय ५२ रहँदा एक लाख सात हजार तीन सय ६९ भैँसी दुहुना रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा गाईको दूध उत्पादन २४ हजार सात सय ६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार पाँच सय ५७ मेट्रिकटन गरी जम्मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । कर्णालीमा एक सय ८० मेट्रिकटन दूध आयात गर्दा एक रू करोड ३७ लाख बाहिरिएको छ ।

कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ । कर्णाली प्रदेशबाट ६ हजार चार सय १५ मेट्रिकटन दूध निर्यात गरेर रू ४२ करोड ९२ लाख ५० हजार निर्यात भएको छ ।

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पुन पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। अदालत आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई अदालतले हिरासतमा पठाइएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । अदालतले लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको हो ।

काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।

संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ- सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् । सभामुख घिमिरेले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे । उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए ।

सभामुख घिमिरेले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए । उनले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।’

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

 

महान्यायाधिवक्ता कार्यालयः ६८.२७ प्रतिशत मुद्दामा सफलता

महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। “उक्त आवमा सरकारी वकिल कार्यालयहरूबाट कुल ७० हजार दुई सय ८४ जना प्रतिवादीउपर ४५ हजार ९१ मुद्दा अभियोजन गरिएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ, “अनुसन्धान सम्पन्न भई रायसहित प्राप्त हुन आएका मुद्दामध्ये सात दशमलव८८ प्रतिशत मुद्दा नचलाउने निर्णय भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ।”

उक्त आवमा नेपाल सरकारवादी भई मुद्दा चलाउन गरी निर्णय भएको मुद्दाको सङ्ख्या ४४ हजार आठ सय ११ र प्रतिवादी सङ्ख्या ६९ हजार छ सय ३५ छ। महान्यायाधिवक्त कार्यालय र मातहतका कार्यालयहरूसँग ५५ वटा विषयमा कानुनी राय माग भएकामध्ये ४५ वटा विषयमा कानुनी राय सल्लाह उपलब्ध गराइएको जनाइएको छ। अभियोजन प्रक्रियालाई वैज्ञानिक प्रमाणमा आधारित बनाउन र फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न कार्यालयले विभिन्न नीतिगत सुधार गरेको प्रतिवेदनमा छ।

महान्यायाधिवक्ता रमेश बडालले नेपालको संविधान र सरकारी वकिलको काम कारबाहीसँग सम्बन्धित कानुनले सरकारी वकिलको कार्यक्षेत्रमा गरेको विस्तार, अपराधको नवीनतम् प्रवृत्ति र प्रविधिले ल्याएको नयाँ कसुरको नियन्त्रण र निवारणका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताको क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो।

अपराध अनुसन्धान निकाय र सरकारी वकिलबिचमा निरन्तर सहयोग, सहकार्य र समन्वय अपरिहार्य र फौजदारी न्यायको प्रभावकारिताका लागि अदालत तथा न्यायिक निकाय, अभियोजनकर्ता र प्रतिरक्षी कानुन व्यावसायीको संस्था नेपाल बार एसोसिएसनसँग निरन्तर समन्वयको आवश्यकता रहेको बताउनुभयो।

“अभियोजन प्रणाली शुद्ध गर्न र प्रभावकारी प्रतिरक्षालगायतका कार्यमा महान्यायाधिवक्ताको कार्यालय सदैव प्रतिबद्ध छ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “सरकारी वकिलको व्यावसायिक उन्मुक्ति स्वतन्त्र, इमानदारिता निष्पक्षता तथा सदाचारजस्ता मान्यतालाई आत्मसात् गर्दै भरोसायुक्त र पीडितमैत्री सङ्गठनका रूपमा सरकारी वकिल कार्यालयहरूलाई अझ सुदृढ गर्न निरन्तर क्रियाशील छ।”

नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ।

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्नेभएको छ । एनआरएनएले आइतबार यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्यान्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो।

यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ। यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ।

 

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविरमार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

 

 

पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती

उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् ।

विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनु परिरहेको थियो । तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताए ।

पाण्डेले यस वर्ष चार बिघामा उखु लगाएका छन् । पहिलोपल्ट उनले गत मङ्सिर २७ गते उद्योगमा उखु बेच्नु भएको थियो । इन्दुशङ्कर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुसीले गद्गद् भए । ‘अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ’, उनले भने, ‘किनकी यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ।’

सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको हैन । तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि ऊखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाए । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उनी बताउँछन् ।

हरिवन नगरपालिका–३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उनी कामना गर्छन् । हरिवनको इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उनले बताए । राज्यले समेत अनुदानवापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उनको धारणा छ ।

विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानलाई दुःख पाउनु हँदैन’, उनले भने, ‘समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन्।’ यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् ।

यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए । किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमत भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उनको भनाइ छ ।

महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट छ लाख १७ हजार दुई सय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु २८ करोड भुक्तानी गरिसकेको छ । गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रुपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए । किसान खुसी पारेर उखु तान्न समेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।

जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमासमयमै भुक्तानी नगरेको किसानहरूको भनाइ छ ।

रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै सङ्घर्ष गर्नुपरेको सुनाए । यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन् । गत मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ ।

विगतको वर्षमा उखु दिएको वर्षौंसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५र१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुसी व्यक्त गरेका छन् । धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमै बेचेको प्रतिक्रिया दिए ।

‘हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ’, उनले भने, ‘हामीसँग अरु विकल्प पनि थिएन । तर यस वर्ष पैसा पनि आइरहेको छ।’ अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस÷माघको ठन्डीमा काठमाडौँ जान नपरोस् भन्ने उनको पनि कामना छ ।

पन्ध्र लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ । राज्यले तय गरेको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए ।

जिल्लामा सबैभन्दा सुरुमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ । उद्योगको ढोकै नजिकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधि समेत गुहार्नुपरेको थियो ।

स्थानीय जनप्रतिनिधिले अन्य उद्योगको उखु सङ्कलन केन्द्र ९काटा० राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ । स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ ।

स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ । उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशङ्करप्रसाद कुशवाहाले बताए ।

गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ। विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्यक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ। यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका–५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताए ।

हालसम्म दुई सय क्विन्टल उखु बेचेका उनको खातामा आजसम्म एक सय ५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ भने बाँकी रकम पनि एकरदुई दिनमा जम्मामा उनी ढुक्क सक्छन् । ‘यसपटक विगत वर्षहरुमा जस्तो उखुको भुक्तानी माग्न पटकपटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन’, उनले भने । ‘पहिला उखु दियो पैसा माग्न धाउनुपर्थ्यो’, उनले भने, ‘यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ।’

विष्णु गाउँपालिका–७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोखे । ‘उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो’, उनले भने, ‘त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ । तर, खोला र जङ्गल नजिकका खेतमा जङ्गली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन। अब उखु नै लगाउने निधो गरेँ।’

मङ्सिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यस वर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशङ्कर महतोले बताए। उनका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ । किसानले ल्याउने उखुमा चिनीको मात्र कम हुँदा उद्योग संकटमा परेको उनको भनाइ छ ।

कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा आज बुझाए आफनो स्पष्टीकरण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो ।

कुलमान घिसिङले बुुझाएको स्पष्टीकरण पत्रको पुर्ण विवरण