Page 178 – Nepalboli

काठमाडौको चक्रपथको विस्तारमा चिनियाँ पक्षको बदमासी पछि नेपाल सरकार आफैले थाले काम

काठमाडौको चक्रपथकोदोस्रो चरणको विस्तारमा चिनियाँ पक्षको लामो समय सम्म आलटाल गरे पछि नेपाल सरकार आफै ठेक्का लगाएर काम अगाडी वढाएका छन । लामो समय सम्म वसुन्धरा–वनस्थली खण्ड बनाउने जिम्मा लिएको चिनियाँ पक्षले ढिलाइ गरेपछि तात्यो नेपाल सरकारको सडक विभाग आफै अग्रसरता लिएका छ । केहि समय अघि चिनियाँ पक्षको यो गैर जिम्मेवारीपनको काठमाडौको मेयर वालेन साह र त्यस क्षेत्रका प्रतिनिधीसभा संसद तथा संघिय सरकारका स्वास्थयमन्त्री प्रदीप पौडेलले समेत यसको विरोध गरेका थिए । यी दुवै नेताले नेपाल सरकारसंग आफै यो काम गर्न आग्रह समत गरेका थिए ।

तर त्यस पछि पनि नचेतेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको छ। वसुन्धरादेखि वनस्थलीसम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेको हो।

कलंकीदेखि चाबहिलसम्म चिनियाँ अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो। करिब ६ वर्ष अघिबाटै सडक छेउका रुखसहितका संरचना हटाउन थाले पनि अहिलेसम्म चिनियाँले सडकको डिजाइन नै तयार गरेका छैनन्।

चिनियाँ पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना प्रतिवेदन (सडकको पूर्ण डिजाइनसहित) नै नेपाललाई बुझाएको छैन। नारायणगोपाल चोकमा धेरै घर भत्काउनुपर्ने भएकाले कलंकीदेखि वसुन्धरासम्म बनाउने सहमति भएको थियो।

तर पनि लामो समय विभिन्न बहानामा काम हुन सकेन। काठमाडौं चक्रपथ सडक विस्तार योजनाले ठेक्का लगाएरै काम गरिरहेको छ। ‘चिनियाँ पक्षले डिजाइनको काम नै नसकाएकाले फिल्डमा आएर काम गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ’, योजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘डिजाइन आएर निर्माण सक्न कम्तीमा ३–४ वर्ष लाग्ने देखिन्छ। त्यो बेलासम्म थेग्नको लागि काम सुरु गरिएको छ।’

चक्रपथमा धूलो पनि धेरै भएको र मर्मत पनि गर्नुपर्ने भएकाले छेउमा केही बढाउँदा धूलो कम हुने विभागको आकलन छ।

‘अहिले कालोपत्रे भएको सडक छेउछाउमा बिग्रियो। धूलो बढी भयो भनेर कालोपत्रे गर्न थालेका हौँ’, ओझाले भने, ‘वसुन्धरादेखि वनस्थलीसम्म सडकको दुवैतर्फ ३–३ मिटर कालोपत्रे हुन्छ।’

३ मिटर कालोपत्रे थप गर्दा दुवैतर्फ १–१ लेन जति थप हुन्छ। अब करिब ४ लेनसरह हुनेछ। छेउमा सडक थप गर्नेसँगै बीचमा भएका खाल्डाखुल्डी पनि टालिनेछ।

‘करिब साढे ४ करोड रुपैयाँको ठेक्का लगाइएको छ’, उनले भने, ‘पहिले पनि पिच भएको केही ठाउँ बिग्रिएको र धूलो बढेकाले चैतसम्म कालोपत्रे सक्याउने योजना छ।’

चक्रपथको पहिलो चरणको काममा पनि चिनियाँहरुले प्रतिबद्धता अनुसार समयमै काम नगर्दा नेपाल सरकारले केहि थप कालोपत्रे गर्नुपरेको थियो । सडक विस्तारका लागि २०७६ कात्तिकमा नै रुख कटान भए पनि चिनियाँ पक्षले विभिन्न बहाना देखाउँदै काम सुरु गरेको छैन। सरकारले सडक छेउका पोल, अस्थायी संरचना हटाए पनि कोभिडलगायत कारण देखाएपछि प्रक्रिया नै अघि बढेन।

नेपाल सरकारले सडकका दुवैपट्टि सर्भिस लेन बनाइसकेको छ। सडक निर्माण गर्न अब कुनै अवरोध छैन।

लामो समय चक्रपथ विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। पानी पर्दा हिलो र घाम लाग्नेबित्तिकै धूलो उड्दा यात्रुसँगै स्थानीयले समस्या भोग्दै आएका छन्।

चक्रपथ विस्तार गर्दा स्वयम्भू क्षेत्रमा अहिलेका संरचनालाई यथावत् राखी सडक विस्तार गर्ने योजना छ। हालसम्मको समझदारीमा ८ लेनको सडकको बीचमा ग्रिनरी, चोकमा अन्डरपास वा ओभरपास, आकाशे पुलसहितको सडक डिजाइन बनाउने समझदारी भएको छ।

चीनले कोटेश्वर–कलंकीको १० किमि सडक २०७५ मा सरकारलाई हस्तान्तरण गरेको थियो। यद्यपी त्यसमा पनि धेरै ठाउँमा आकाशे पुल नहुँदा नेपाल सरकारले आफैले निर्माण गरिरहेको छ।

 

नेकपा एसद्धारा भुसालको नेतृत्वमा आन्दोलनको रणनीति बनाउन समिति गठन

नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो।

भुसालको नेतृत्वमा रहेको कार्यदलको सदस्यमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री छन्।

कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको छ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।

 

 

 

 

नेपाललाई आवश्यक सहयोग गर्न डा राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरूबिच बुधबार साइडलाइन भेटवार्ता भएको हो । भेटमा मन्त्री डा देउवाले युरोपियन युनियनका विदेश तथा सहयोगमन्त्रीका रुपमा रहनुभएका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गर्नुभएको थियो । सो भेटमा मन्त्री डा देउवाले नेपाललाई कोभिड १९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पुर्‍याएको सहायताका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गर्नुभयो । मन्त्री डा। देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले आन्तर्राष्ट्रि मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गर्नुभयो ।

मन्त्री डा देउवाले नेपाल संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवम् सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गर्नुभयो ।

साथै उहाँले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकोले त्यसमा सहभागिताका लागि स्पेनलाई पनि आमन्त्रण गर्नुभयो ।

त्यस अवसरमा मन्त्री डा देउवाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह पनि गर्नुभयो ।

त्यसैगरी मन्त्री डा देउवाले आजै स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाल स्लोभाकियाबिचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसङ्घमा दिएका उम्मेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।

त्यसैगरी आजै मन्त्री डा। देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकारसम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरूबिच नेपाम मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

 

 

 

एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन।

जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ। सत्ता पक्षले भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन।

 

आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएको छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजानेलगायत प्रक्रियाहरू बाँकी छन् । तर ‘विधेयकमाथि विचार गरियोस्’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार प्रतिनिधिसभामा राख्नुभएको प्रस्तावमाथि छलफलका क्रममै सांसदहरूले विधेयकका व्यवस्थामाथि अनेक प्रश्न र शङ्का व्यक्त गर्नुभयो ।

यो विधेयकमार्फत संशोधन गर्न र थप्न खोजिएका विषयको औचित्य, प्रभावकारिता र सम्भावित चुनौतीबारे गम्भीर बहस आवश्यक धारणा सांसदहरूले राख्नुभयो । उहाँहरूले आ–आफ्ना धारणा राख्ने क्रममा यो विधेयकले पत्रकारिता क्षेत्रलाई थप सुदृढ बनाउँछ वा थप नियन्त्रण गर्छ भन्ने प्रश्न उठान गर्नुभएको छ । त्यस्तै, प्रस्तावित मिडिया काउन्सिललाई स्वायत्त निकायका रूपमा परिकल्पना गरिए पनि यसको संरचना, पदाधिकारीसम्बन्धी व्यवस्था, कोष व्यवस्थापन र नियमनको शैलीले यसलाई सरकारको एक शाखा बनाउने सम्भावना रहेको आशङ्का सांसदहरूको थियो । विशेषगरी सरकारबाट मनोनित व्यक्ति र सञ्चार मन्त्रालयका प्रतिनिधिहरू रहने व्यवस्था हुँदा यस संस्थाको निष्पक्षता कायम रहनेमा सांसदहरूको शङ्का थियो ।

त्यस्तै, पत्रकार आचारसंहिताको अनुगमन गर्नु सरकार नियन्त्रित निकायको हातमा राख्दा स्वतन्त्र पत्रकारिता खतरामा पर्ने सम्भावना रहेको टिप्पणी उहाँहरूको थियो । न्यायिक प्रतिनिधित्व नभएको निकायलाई अनुगमन तथा कारबाहीको अधिकार दिँदा पत्रकारिता क्षेत्रमाथि शक्ति दुरुपयोग हुनसक्ने जोखिम औँल्याउँदै सांसदहरूले पत्रकार आचारसंहिता कार्यान्वयनका लागि नैतिक बल भएको गरिमामय र स्वतन्त्र नियामक निकाय बन्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै, मिडिया काउन्सिल कोष स्थापनाको कानुनी आधार, त्यसको सञ्चालन तथा प्रयोगसम्बन्धी व्यवस्थाहरूमा पनि संसदमा प्रश्न उठेका छन् ।

बैठकमा सांसदहरूले उठान गर्नुभएको जिज्ञासामा सञ्चारमन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउनका लागि सरकारले यो विधेयक ल्याएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास गर्न स्वायत्त नियामक निकायको रूपमा आमसञ्चार परिषद् (मिडिया काउन्सिल) आवश्यक रहेको र त्यसको स्थापनाका लागि यो विधेयक ल्याइएको हो ।” हाल प्रेस काउन्सिलले गरिरहेको काम आमसञ्चार परिषद्मार्फत गर्नका लागि त्यस्तो परिषद् स्थापना र सञ्चालन गर्न नयाँ कानुन आवश्यक रहेको उहाँको जवाफ थियो । मिडिया काउन्सिलसको आवश्यकता पहिचान आमसञ्चार नीति, २०७३ बाटै भएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सोहीअनुसार विद्यमान प्रेस काउन्सिलका काम, कर्तव्य तथा अधिकार पुनःपरिभाषित गर्नुपरेको बताउनुभयो । पत्रकारिता क्षेत्रको आचारसंहिता बनाउने र कार्यान्वयन गर्ने निकायलाई स्वायत्त एवम् सक्षम बनाउने लक्ष्यका साथ यो विधेयक ल्याइएको मन्त्री गुरुङको भनाइ छ ।

किन आवश्यक ?
रेडियो, टेलिभिजन, अनलाइन, डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चारमाध्यमहरूको व्यवस्थापन एवम् नियमनका लागि नयाँ कानुनी व्यवस्थासहित यो विधेयक ल्याइएको छ । विश्व प्रेस काउन्सिल, दक्षिण एसियाली प्रेस काउन्सिललगायत विश्वका अन्य देशका काउन्सिलहरूसँग सम्बन्ध स्थापना गर्नका लागि पनि यो कानुनले भूमिका खेल्ने जनाइएको छ । त्यस्तै, पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात् गर्नका लागिसमेत नयाँ संरचना आवश्यक रहेको सरकारको भनाइ छ । यो कानुन बनेपछि सबै मिडिया र पत्रकारलाई समेटी आचारसंहिता पालना गराउन वा अनुगमन गर्न मार्गप्रशस्त हुने, प्रेस काउन्सिलको पुनर्संरचना हुनुका साथै भूमिका अझ प्रभावकारी हुनेलगायत काममा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

प्रस्तावित विधेयकले काउन्सिलको स्थापना तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ । त्यस्तै, पत्रकार आचारसंहिता जारी गर्नेसम्बन्धी व्यवस्था, आचारसंहिताको पालना, अनुगमन तथा कारबाहीसम्बन्धी व्यवस्था, प्रेस प्रतिनिधिसम्बन्धी व्यवस्था, काउन्सिलको कोष तथा लेखा परीक्षणसम्बन्धी व्यवस्था, कर्मचारीसम्बन्धी व्यवस्थालगायत विषय विधेयकमार्फत परिमार्जित ढङ्गले ल्याउन खोजिएको छ ।

‘स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना गरिने’ विधेयकमा उल्लेख छ । काठमाडौँमा उपत्यकामा कार्यालय रहने यो संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने जनाइएको छ ।

विद्यमान प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्दा यसका काम, कर्तव्य र अधिकारलाई पनि पुनःपरिभाषित गरिएको छ । मिडिया काउन्सिलले आमसञ्चारसम्बन्धी नीति निर्माणमा नेपाल सरकारलाई सुझाव दिने तथा समन्वय गर्नेछ । त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हकको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, पत्रकारको अभिलेख राख्ने तथा प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने अधिकार पनि यो संस्थालाई रहनेछ । आमसञ्चारमाध्यम तथा आमनागरिकबिचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन आवश्यक समन्वय गर्ने, प्रकाशन तथा प्रसारण स्वतन्त्रता र पत्रकारिताको पेसागत मर्यादा हनन् हुन नदिन क्रियाशील रहने, आमसञ्चार तथा पत्रकारिताका विषयमा समसामयिक अध्ययन, अनुसन्धान र प्रशिक्षण गर्नेलगायतका विषय काउन्सिलको क्षेत्राधिकारभित्र पर्नेछन् । आचारसंहिता जारी गर्ने तथा सोको कार्यान्वयनको अनुगमन गर्ने, आचारसंहिता उल्लङ्घनको विषयमा उजुरी लिने र सुनुवाइ गर्ने जिम्मेवारी पनि मिडिया काउन्सिलले पाउनेछ ।

सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने काउन्सिलमा मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल पत्रकार महासङ्घको अध्यक्ष सदस्य रहने छन् । त्यस्तै छापा, अनलाइन, रेडियो, टेलिभिजनका प्रकाशक तथा सम्पादक र श्रमजीवी पत्रकारहरूको समेत प्रतिनिधित्व हुनेगरी प्रत्येक प्रदेशबाट एक जनाका दरले कम्तीमा तीन जना महिला रहनेगरी सात जना सदस्य नियुक्त हुने छन् । सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताको समेत प्रतिनिधित्व हुनेगरी एक जना सदस्य काउन्सिलमा रहने व्यवस्था विधेयकमा राखिएको छ । सूचना तथा प्रसारण विभागको महानिर्देशकले काउन्सिलको सचिव भई काम गर्ने पनि विधेयकमा उल्लेख छ ।
आचारसंहितासम्बन्धी व्यवस्था

पत्रकार आचारसंहिता निर्माण त्यसको अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी काउन्सिलको हुने छभने त्यसको परिपालना गर्नु प्रत्येक सञ्चार संस्था, आमसञ्चार माध्यम र पत्रकारको कर्तव्य हुनेछ । सबै आमसञ्चारमाध्यमले काउन्सिलले जारी गरेको आचारसंहिताको प्रतिकुल नहुने गरी आ–आफ्नो सञ्चारगृहका लागि आचारसंहिता र सम्पादकीय नीतिको स्वघोषणा गर्नुपर्ने छ । स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताका लागि आमसञ्चारमाध्यम स्वयं जिम्मेवार भई स्वनियमन तथा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था विधेयकमा छ । त्यस्तै, सबै माध्यमले पाठक, श्रोता र दर्शकको गुनासो सुनुवाइ गर्न स्वनियमन संयन्त्र बनाउनुपर्ने छ ।

सञ्चार संस्थाका मालिकहरूले अन्य क्षेत्रमा लगानी गरेको भए त्यस्तो व्यवसाय तथा लगानीको क्षेत्र र स्रोतको बारेमा काउन्सिललाई जानकारी गराउनुपर्ने छ । त्यस्तै, सञ्चार संस्थाले आफ्नो व्यवसाय वा लगानी गरेको संस्थासँग सम्बन्धित समाचार, लेख वा रचना प्रकाशन वा प्रसारण गर्दा त्यस्ता सामग्री आफ्नो लगानी रहेको क्षेत्रसँग सम्बन्धित भएमा सर्वसाधारणले देख्न, पढ्न वा सुन्न सक्नेगरी जानकारी ९डिस्क्लेमर० गराउनुपर्ने पनि विधेयकमा उल्लेख छ ।

पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी लिने, त्यसको जाँचबुझ तथा छानबिन गर्ने र आचारसंहिता उल्लङ्घन भऐको देखिएको त्यसको निरुपणसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ । आचारसंहिता उल्लङ्घनसम्बन्धी मुद्दामा मेलमिलाप गर्न सकिने व्यवस्था यो कानुनले समेटेको छ । मेलमिलाप हुन नसकेको खण्डमा क्षमायाचना गर्न लगाउने, खण्डन प्रकाशन तथा प्रसारण गर्न लगाउने, आचारसंहिता पालना नगरेको भनी सार्वजनिक रूपमा सूचना प्रकाशित गर्ने, सचेत गराउने, प्रेस प्रतिनिधि परिचयपत्र एक वर्षसम्मको लागि निलम्बन गर्नेलगायत कारबाही गर्ने विधेयकमा उल्लेख छ । त्यस्तै, सरकारबाट पाउने सेवा, सुविधा, सहुलियत वा लोककल्याणकारी विज्ञापनजस्ता आंशिक वा पूरै रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्न सकिने व्यवस्था प्रस्तावित कानुनमा छ ।

आचारसंहिता उल्लङ्घनबाट भएको क्षतिको पूर्ति गर्न सकिने विषय पनि विधेयकले समेटेको छ । “काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सञ्चार संस्था, सञ्चारमाध्यम वा पत्रकारबाट प्रकाशन वा प्रसारण भएको कुनै समाचार वा सूचनाबाट कुनै व्यक्तिको मर्यादा वा प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको वा सम्पत्ति वा व्यवसायमा हानि नोक्सानी भएको अवस्थामा त्यस्तो व्यक्तिले क्षतिपूर्तिको दाबीसहित सम्बन्धित सञ्चार संस्था, आमसञ्चारमाध्यम वा पत्रकारविरुद्ध सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन सक्ने छ”, विधेयकमा भनिएको छ । जिल्ला अदालतको फैसलामाथि चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन गर्न सकिने छ ।

आमसञ्चार काउन्सिलको एउटा छुट्टै कोषसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ । उक्त कोषमा सरकारबाट प्राप्त रकम, कुनै स्वदेशी व्यक्ति वा सङ्घसंस्थाबाट आर्थिक अनुदान वा सहायतास्वरूप प्राप्त रकम र कुनै विदेशी सरकार, निकाय वा संस्थाबाट वैदेशिक सहायतास्वरूप प्राप्त आर्थिक अनुदानको रकम राख्न सकिने जनाइएको छ ।

 

 

सरकार ढाल्ने खेलमा लाग्दैनौँ, गठबन्धन पनि गर्दैनौँ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या बुझ्न जागरण अभियान सुरु गरिएको बताएका छन् । प्रेस सेन्टर मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तराई–मधेसकेन्द्रित अभियान सुरु गरिएको बताए । “अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, स्थानीय, पत्रकार र सबै क्षेत्रहरूसँग सम्बन्ध सुदृढीकरण गर्ने हो,” प्रचण्डले भने । यसक्रममा आफूले ०६४ को झल्को पाएको सुनाए ।

दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताए । आफ्नो सरकारले सुशासन सुरु गरेपछि अहिलेको गठबन्धनको सरकार बनेको बताउँदै उनले परिस्थिति बुझाउन जनतासँग गएको सुनाए ।

उपराष्ट्रपतिलाई पार्टीमा ल्याउन हतार नभएको बताउँदै पार्टीको कुन तहमा ल्याउने भन्ने छलफल हुने बताए । कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै कोसीको उपचुनावमा माओवादी ठूलो पार्टी भएको बताए । माओवादी सरकार भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै स्थिरताको लागि माओवादीले जित्न आवश्यक रहेको र एक नम्बर पार्टी बनाउने लक्ष्य रहेको सुनाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि हाम्रो प्रत्यक्ष निर्वाचित कार्यकारीमा आफूहरूको रिजर्भेसन रहेको भन्दै हर्क वा बालेन आए पनि फरक नपर्ने बताए । ूमैले त लोकतन्त्रका फूल भनेको छु, उनले भने ।

अब निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने बताए । इतिहासबाट जनताको चेतना धेरै अघि बढ्यो राजाले बोलेका कुरामा प्रतिक्रिया नदिएको र राजतन्त्र कुनै अवस्थामा फर्कन नसक्ने बताए ।

उनले भने, माओवादी बढ्ने भयो भनेर नोकरशाहीलाई मन परेको छैन । पार्टी एक ठाउँमा छ । नेतृत्वमा विवाद छैन । यो सरकार ०८४ सम्म बसेपनि माओवादीलाई फरक नपर्ने सुनाए । सरकार बनाउन र ढाल्ने आफूहरू खेलमा नलाग्ने बताए ।

सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि मात्र संविधान बनेको बताउँदै उनले आन्दोलनका सहयात्री दलको सहमतिमा मात्र बनाउन आफूले जोड गरेको बताए । उनले भने, संविधानका धेरै विषयमा माओवादीका धेरै इन्डिकेसन छ । सबै परिवर्तन हाम्रो आन्दोलनको जगमा बनेको हो ।

 

 

 

 

पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दुका लागि गौरवको विषय हो- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुका लागि पनि गौरवको विषय भएको बताएका छन्। महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको उल्लेख गरेका छन्। ‘पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो,’ उनले भनेका छन्।

उनले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्दैै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताए।

‘वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्,’ उनले भनेका छन्, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ।

रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ। यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अंग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उहाँले बताए।

‘महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवद्र्धन गर्न प्रण गर्नुपर्छ,’ उनले भने, ‘हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो।’

राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले महाशिवरात्री अवसरमा आजै साझ पशुपतिनाथ मन्दिर गएर पुजापाठ समेत गरेका थिए ।

 

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको उल्लेख्य सहभागीता

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीँड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । राती दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।

अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ ।

महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, रु ३५ हजार र रु ६५ हजारको रसिद काटिएको पनि कोषले जनाएको छ । घामले तातिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजन पनि बढ्न थालेका छन् । बिहानै देखि भक्तजनले व्यवस्थित रूपमा मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न पाएको बिहानैदेखि प्रत्यक्ष प्रसारणमा सक्रिय सञ्जारकर्मी अच्युत सुवेदीले बताए ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।

हंसमण्डपमा विभिन्न सङ्घसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा ‘एयरपोर्ट’–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

यसैगरी तिलगङ्गा राम मन्दिरतर्फ आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ, सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

‘नेपाल–भारतबिच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल-भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपाल र भारतबिच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ । यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीयसम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ”, सभापति यादवले भन्नुभयो ।

उहाँले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । दुई देशबीच भौतिक र डिजिटल सम्पर्कमा विस्तार, आर्थिक र क्षेत्रीय सहकार्यलगायत विषयमा आफ्नो धारणा पूर्वमन्त्री यादवले दक्षिण एसियामा साझा समृद्धि र शान्तिका लागि नेपाल–भारतको सहकार्यलाई थप बलियो बनाउन आह्वानसमेत गर्नुभयो ।

बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवद्र्धन गर्ने योजनालाई मूर्त रूप दिइनुपर्ने उहाँको भनाइ छ । त्यस्तै, सीमापार रेल, सडक, पेट्रोलियम पाइपलाइन र ऊर्जा प्रसारणलाइन जस्ता पूर्वाधार परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने पनि सभापति यादवको भनाइ छ । नेपाल–भारतबिच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य तथा अन्तरआवद्धताको विषय पनि उहाँले उठाउनुभयो ।

त्यस्तै, भारतबाट नेपालमा जलविद्युत्, उद्योग, र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उहाँले त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताउनुभयो । “यी साझा अवसरको लाभ लिन दुवै देशले पर्याप्त प्रयास गर्न आवश्यक छ । यी पहललाई व्यावहारिक रूपमा सफल बनाउन प्रतिबद्धता चाहिन्छ”, उहाँले भन्नुभयो, “भौतिक र डिजिटल सम्पर्क हाम्रो सहकार्यको प्रमुख आधार हुनुपर्छ, किनभने तिनिहरू आर्थिक वृद्धि, सामाजिक प्रगति, र क्षेत्रीय स्थिरताका लागि महत्त्वपूर्ण छन् ।”

सार्क, विमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गर्दै नेपाल–भारत सम्बन्धलाई मात्र नभइ सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई समृद्ध बनाउने दिशामा काम गर्न उहाँले आग्रह गर्नुभयो ।

 

 

दुई महिनापछि बल्ल खुले मुस्ताङका स्कुल

हिउँदे बिदा सकिएसँगै मुस्ताङका स्कुलमा पठनपाठन सुरु हुन थालेको छ । २ महिना लामो हिउँदे बिदापछि मुस्ताङका वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । मुस्ताङमा ३५ वटा सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । जुन कम्तिमा २ महिना लामो समयसम्मका लागि हुन्छ ।

मुस्ताङसहित हिमाली भेगका स्कुलले यसरी नै हिउँदका पुस र माघमा पठनपाठन बन्द गर्छन् । यसको कारण हो, त्यहाँको हावापानी ।

हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारेर पढाइलाई निरन्तरता दिँदै आएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार बेंसी नझारी हिउँदे जाडो विद्यायले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

उनका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ ।

शैक्षिक क्यालेन्डर अव्यवहारिक

चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् ।

उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थानान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको ३ सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उनले बताए ।

यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक विद्यालयमध्ये ७ विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुईमहिने हिउँदे बिदा दिएको थियो ।

घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताए ।

तल्लो मुस्ताङका विद्यालय दुईमहिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् ।

सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिकसत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो ।

शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक विद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताइन् ।

उनका अनुसार हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिकसत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।