राज्य व्यवस्था समितिले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने – Nepalboli

राज्य व्यवस्था समितिले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने

   २२ मंसिर २०८०, शुक्रबार  

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद-बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ। शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई आगामी सोमबार बैठकमा बोलाएर एनसेलको सेयर खरिद-बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो।

त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

समितिले प्रधान सेनापतिलाई आगामी बुधबार काठमाडौं-तराई-मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै