सरकारद्धारा एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री बारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
समितिमा सचिव फणिन्द्र गौतम तथा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्।
समितिलाई एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ३० दिनेको कार्यावधि दिइएको मन्त्री शर्माले जानकारी दिइन्।