प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति देउवा र एकिकृत समाजवादीका अध्यक्ष नेपालबिच छलफल – Nepalboli

प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति देउवा र एकिकृत समाजवादीका अध्यक्ष नेपालबिच छलफल

   २०८० मंसिर २०, बुधबार  

प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।

मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शंकास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन । बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो । एक खर्ब ४३ अर्बको एनसेल ६ अर्बमा बेचेको सार्वजनिक भएपछि यसबारे सर्वत्र चासो छ ।

सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरू विच एनसेल प्रकरण सहित राष्ट्रिय सभाको निर्वाचन र समसमायीक राजनिती वारेमा छलफल भएको वालुवाटारले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै