जसपाद्धारा केन्द्रीय कार्यकारिणी समिति र लोसपाद्धारा केन्द्रिय समिति बैठक आह्वान – Nepalboli

जसपाद्धारा केन्द्रीय कार्यकारिणी समिति र लोसपाद्धारा केन्द्रिय समिति बैठक आह्वान

   २०८० मंसिर २०, बुधबार  

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो ।

यस्तै लोसपा नेपालले पनि आउदो २४ र २५ गते केन्द्रिय समिति बैठक बोलाएको छ । बैठक काठमाडौमा बस्ने लोसपाले जनाएको हो ।  केन्द्रिय समिति बने पछि लोसपाको यो पहिलो केन्द्रिय समिति बैठक बन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै