एनसेलको विषयमा छलफल गर्न आज सार्वजनिक लेखा समितिको बैठक बस्दै – Nepalboli

एनसेलको विषयमा छलफल गर्न आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

   २०८० मंसिर २०, बुधबार  

सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । यसबारे समितिले आज बैठकमा छलफल गर्न लागेको हो । सरकारले छानबिनका लागि निर्देशन दिइसकिएको भन्दै दोषी पाइए कारबाही गर्ने स्पष्ट पारिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै