सरकारद्धारा एनसेल खरिद-बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने निर्णय – Nepalboli

सरकारद्धारा एनसेल खरिद-बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने निर्णय

   २०८० मंसिर २०, बुधबार  

सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ। मंगलवार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्णय भएको बताएकी हुन्।

दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रिपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको विज्ञप्तीमा उल्लेख छन । संचारमन्त्री रेखा शर्माको हस्ताक्षरमा जारी विज्ञप्तीमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको देखिएको उल्लेख छ ।

नेपाल सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने। यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउने र नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ। त्यसले सिफारिस गरे बमोजिम नेपाल सरकारले काम गर्ने मन्त्री शर्माले विज्ञप्ती मार्फत जनाएकी छिन ।

मन्त्री शर्माले सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै