डडेल्धुराबाट ओलीले भने – हाम्रो अभियान नसकिदै प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन् ।
‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ उनले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरूको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिँदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’
अध्यक्ष ओलीले अहिले पनि नेपालमा हिंसा र अस्थिरता मच्चाउन खोज्ने तत्वहरु सक्रिय भएको दाबी गरे। ओलीले कांग्रेस प्रचण्ड पथमा लागेको भन्दै आलोचना गरे। उनले कांग्रेस अहिले प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरे।