आर्थिक वर्षको पहिलो ४ महिना – ५ खर्बमाथिको आयात, ५० अर्बको निर्यात
नेपाल बोली
७ मंसिर २०८०, बिहीबार
चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको आयात भएको भन्सार विभागले उल्लेख गरेको छ। उसले सार्वजनिक गरेको २०८०/०८१ को ४ महिनामा आधारित तथ्यांकमा उक्त कुरा उल्लेख छ।
यो पछिल्लो वर्षको सोही अवधिको भन्दा ३.७९ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोडको आयात भएको थियो। यस्तै, यो अवधिमा ५० अर्ब ५६ करोड ५३ लाखको निर्यात भएको विभागले उल्लेख गरेको छ। यो गत वर्षको यही अवधिको भन्दा ७.६८ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै