बजारमा चिनी सहज बनाउन विभागको आग्रह
दसैंको मुखमा चिनीको हाहाकार भएपछि वाणिज्य विभागले उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। सोही अनुरूप एभरेष्ट सुगर मिलले चिनी दिन थालेको वाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए।
चिनी बजारमा आउन थालिसक्यो, उनले भने, अब समस्या छैन। उनका अनुसार उद्योगमा पेप्सी, कोकाकोलालगायत कम्पनीले माग (अर्डर) गरेको चिनी मौज्दात छ। सोही चिनी उद्योगले अहिले बजारमा पठाएको हो।
उद्योगबाट बुधबार (आज) ४ ट्रक चिनी बजारमा आइसकेको छ। सो परिमाणको चिनी काठमाडौं उपत्यकाका सबै खुद्रा पसलमा जानेछ।
अब भोलि १० ट्रक आउँछ, उनले भने, व्यापारीले पैसा दिने बित्तिकै उद्योगले चिनी उपलब्ध गराउँछ।