सरकारले सीमित स्रोत साधनलाई प्राथमिकताका आधारमा प्रयोग गर्नुपर्ने चुनौती छ- अर्थमन्त्री महत – Nepalboli

सरकारले सीमित स्रोत साधनलाई प्राथमिकताका आधारमा प्रयोग गर्नुपर्ने चुनौती छ- अर्थमन्त्री महत

   १९ आश्विन २०८०, शुक्रबार  

अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारलाई सीमित स्रोत साधनलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थोरै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ । थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ ।’

उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्‍याउन आवश्यक भएको बताए । स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै