साना बचतकर्तालाई फाइदा हुने गरि ५ लाखसम्मको बचतको बीमा अब हुने – Nepalboli

साना बचतकर्तालाई फाइदा हुने गरि ५ लाखसम्मको बचतको बीमा अब हुने

   १९ आश्विन २०८०, शुक्रबार  

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था गरेको छ । विहीवार राष्ट्रबैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाखसम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सुरक्षण कोष सँग सुरक्षण गराउने आवश्यक व्यवस्था मिलाउनु पर्नेछ,’ एकीकृत निर्देशिकामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुले अब ५ लाखसम्मको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषसँग गराउनुपर्ने छ । कोषमा बैंकहरुले निक्षेप सुरक्षण गराउँदा ० दशमलव १६ प्रतिशत प्रिमियम तिर्नुपर्ने हुन्छ । निक्षेप सुरक्षणको रकम तीन लाखबाट पाँच लाख रुपैयाँ पु¥याउँदा बैंकिङ क्षेत्रको खर्च बढ्ने र कोषको नाफा बढ्ने नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै