पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि ,खाना पकाउने ग्यासको मूल्य अब २११०
नेपाल बोली
१४ आश्विन २०८०, आईतवार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको प्रतिसिलिण्डरमा २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको नेपाल आयल निगमले जनाएको छ।
यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै