नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन ।
मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।
निर्देशक थानीले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको जानकारी दिए । उनले सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए ।