नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै – Nepalboli

नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै

   २०८० आश्विन ९, मंगलवार  

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन ।

मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

निर्देशक थानीले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको जानकारी दिए । उनले सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै