अमेरिकाबाट प्रधानमन्त्री चीन भ्रमणमा निस्किए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि साताव्यापी चीन भ्रमणका लागी आज अमेरिकाबाट निस्किएका छन । अमेरिकामा राष्ट्रसंघीय सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुग्नेछन् ।
चीनमा उनले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले तिब्बतको कैलाश मानसरोवरदेखि चीनका अन्य विभिन्न क्षेत्रको भ्रमण पनि गर्नेछन् । उनलाई दुईपटक गार्ड अफ अनर दिइनेछ । भ्रमणका क्रममा विभिन्न सहमतिरसम्झौतामा हस्ताक्षरसमेत हुनेछन् ।
प्रधानमन्त्री अर्को शनिबार स्वदेश फर्कनेछन् ।