आज देखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाल बोली
४ आश्विन २०८०, बिहीबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।
यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान पदाधिकारीको बैठक बसेको छ । एजेन्डाहरुको बारेमा छलफल गर्न सभपतिले पदाधिकारीहरु संग छलफल गरेका हुन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै