एकीकृत समाजवादीको सचिवालय बैठक जारी – Nepalboli

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

   ४ आश्विन २०८०, बिहीबार  

नेकपा (एकीकृत समाजवादी) को ६७ औं सचिवालय बैठक आज बसीरहेको छ । पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक देखि बैठक जारी रहेको सो पार्टीले जनाएको छ ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको छ। यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ।

सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ। आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा देखिएको भन्दै तुरून्तै संशोधन गर्न भनेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै