संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा ६७० जनाको कैद माफी मिनाहा – Nepalboli

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा ६७० जनाको कैद माफी मिनाहा

   २ आश्विन २०८०, मंगलवार  

सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै