रास्पाद्धारा केन्द्रिय नेताहरुलाई जिल्ला जिल्ला पठाउने निर्णय, अध्यक्ष रवि रोल्पामा ५ दिन बस्ने – Nepalboli

रास्पाद्धारा केन्द्रिय नेताहरुलाई जिल्ला जिल्ला पठाउने निर्णय, अध्यक्ष रवि रोल्पामा ५ दिन बस्ने

   २ आश्विन २०८०, मंगलवार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन आवाज सुन्न गाउँघर जाने भएको छ। उक्त अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने रोल्पा खटिने भएका छन्।

माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो। उनीहरूले बनाएको जनमुक्ति सेनाले रोल्पालाई आधार इलाकाको रुपमा लिँदै आएको छ। रास्वपाको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्न रास्वपाका नेताहरू देशका विभिन्न गाउँघर जाने कार्यक्रम तय भएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार बुधबार (असोज ३) गतेदेखि असोज ७ गतेसम्मका लागि नेताहरू गाउँघर जाने कार्यक्रम तय भएको हो।

सभापति लामिछाने मंगलबार नै रोल्पा पुगिसकेका छन्। त्यस्तै, पार्टी उपसभापति डिपि अर्याल पर्सा र महामन्त्री डा मुकुल ढकाल कालिकोटमा खटिने भएका छन्। अन्य नेताहरू विराजभक्त श्रेष्ठ–बैतडी, सुमना श्रेष्ठ–कैलाली, शिशिर खनाल–रसुवा, मनिस झा–पर्वत, गणेश पराजुली–ओखलढुंगा, रमेश प्रसाई–सुर्खेत, सन्तोष परियार–कपिलवस्तु, विपिन आचार्य–संखुवासभा, डा। तोसिमा कार्की–डोटी, हरि ढकाल– सोलुखुम्बु, क मल सुबेदी–रौतहट, कविन्द्र बुर्लाकोटी–कञ्चनपुर, डा। स्वर्णिम वाग्ले– तनहुँ, गणेश कार्की–सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल–खोटाङ, शंकर श्रेष्ठ–इलाम खटिने भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै