राम्रो छलफल गरेर संविधान संशोधनको बिषयमा निष्कर्षमा पुुग्नुपर्छ – ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमा हतारिन र राम्रो संग छलफल गरेर एउटा ठोस निष्कर्ष निकाल्नुपर्ने बताएका छन । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै संविधान संशोधनका नाममा कतिपय आयातित र प्रायोजित कुराहरू देखिएको भन्दै यसमा विचार पुुर्याउनु पर्नेमा जोड दिए ।
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा नेपालको संविधान निर्माणमा सुवास नेम्वाङको भूमिका विषयक विचार गोष्ठी सात आटै प्रदेशमा आयोजना गरेको थियो।
कार्यक्रममा बोल्दै ओलीले तात्कालिन आवश्यकताका आधारमा दुई पटक संविधान संशोधन भएको र तेस्रोपटक गर्दा एक एक विषयमा नभई सम्रगमा राम्रो संग विषयहरु वारेमा छलफल गर्नु पर्ने बताए ।
‘दुईपटक (२०७२ मंसिर र २०७७ जेठ) मा संशोधन गरिसकेका छौं। एक एक वटा मात्रै विषयमा हामीले संशोधन गर्यौं,’ उनले भने,‘तत्काल चाहिएका विषयमा मात्रै गर्यौं। अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटामात्रै विषय होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ।
ओलीले नेम्वाङको राजनीतिक, कानुनी व्यक्तित्व निष्कलंक, खोटरहित रहेको पनि बताए। नेम्वाङ मृदुभाषी र निष्कपट रहेको पनि बताए।
ललीतपुर स्थित एमाले मुख्यालयमा भएको कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतले नेम्वाङको स्मरण गरेका थिए।