केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसमा शेखर पक्षको बैठक बस्दै, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि निम्तो

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाएको एक नेताले जानकारी दिए।
भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको ती नेताले बताए। १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेलले शेखर समूहको बैठकमा सहभागी हुने निम्तो पाएका हुन्।
असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएको देखिन्छ । यसअघि गगन–शेखर समूहमा फरक मत आएको चर्चा हुने गरेको थियो।