बिपी साहित्य महोत्सवको रोकिएको कार्यक्रम संविधान दिवसका दिनमा हुने
नेपाल बोली
१ आश्विन २०८०, सोमबार
नेपाली कांग्रेसले स्थगित बिपी साहित्य महोत्सवको बाकी कार्यक्रम असोज ३ गते गर्ने भएको छ। संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो।
नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको थियो। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले असोज ३ गते बिहान १०ः३० बजेदेखि अपराह्न ५ बजेसम्म बिपी साहित्य महोत्सव गरिने जानकारी दिए।
उक्त दिन बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा महोत्सवमा छलफल हुनेछ।
कांग्रेसले भदौ २४ र २५ गते पनि बिपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै